यस्तो बजेट चाहन्छन् कृषि उद्यमी

Published on 26 May, 2025

यस्तो बजेट चाहन्छन् कृषि उद्यमी

१२ जेठ, काठमाडौं । नेपालमा बजेटको कुरा गर्दा कृषि क्षेत्रको बहस सधैं हुने गरेको छ । अब किसानका लागि समग्रमा कृषि क्षेत्रको बजेट त राज्यको ‘आउटपुट’ कति आउँछ, कति आएको छ त्यसले देखाउँछ । तुलनात्मक रूपमा कृषिमा लगानी वर्षेनि बढ्दो छ, त्यो कुरा चाहिँ आफ्नो ठाउँमा राम्रो छ । तर, पछिल्लो समय कृषि उद्यमी जस्तो, सरकारले कृषि उद्योगका रूपमा मान्यता दिएको छ । कृ

षि उद्योगका रूपमा तर कस्तो भने उद्योगका रूपमा अगाडि बढाइरहँदा केही छन् नि । जस्तो, केही आयकरको कुरामा छ । किनभने, उद्यम त कृषिमा पनि स्टार्टअप जस्तै हो । करको कुरामा त्यो राहतदेखि पछिल्लो समय हेर्दा पहिला सरकारले ल्याएको बैंकिङ अनुदानमा के भयो भने केही मान्छेले त्यसको दुरुपयोग गरे । अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्ने दायित्व सरकारको हो ।

तर केही घराना, केही व्यक्तिले दुरुपयोग गरे भन्दैमा सही हिसाबमा काम गरिरहेका छन्, उनीहरू पनि दुई वर्षदेखि अनुदान रोकिएको छ । बरु, कृषि उद्यमीले चाहिँ किसानलाई जस्तो नभई उत्पादन र निर्यात र बजारमा पारेको प्रभावका आधारमा दिनुपर्‍यो । कम्पनी खोल्दैमा अनुदान होइन कि त्यसपछिको प्रभावका आधारमा अनुदान दिनुपर्छ ।

प्रविधि दिने योजना ल्याउनुपर्छ

प्रविधिमा दिने योजना पनि बजेटमा ल्याउनुपर्छ । किनभने, कृषि भनेको त उत्पादन मात्र कृषि होइन । उत्पादनलाई सघाउन मिल्ने पनि व्यापक कुरा छन् जस्तो पछिल्लो समय कृषि प्रविधि छ, बाहिर ड्रोनबाट खेती हुन्छ । जुन प्रविधिले कृषिलाई सिधै कृषिको समग्र विकास बढाउनदेखि सबै कुरालाई फाइदा गर्छ । जस्तो, अहिले विश्व बजारमा स्मार्ट सिँचाइ प्रणाली जस्तो प्रविधि आइसकेको छ ।

अर्को मुख्य कुरा स्टार्टअप कोषबाट उद्यमीलाई पछिल्लो समय हेर्दा राम्रो देखिएको छ, त्यसको प्रक्रिया छिटो गर्नुपर्‍यो । जस्तो, केही समयअघि राज्यले निकालेको स्टार्टअप सूचीमा आधाभन्दा बढी कृषिसम्बन्धी छन् ।

स्टार्टअप बढाउन ऋण दिइहाल्यो भने पनि दुरुपयोग हुने सम्भावना छ । त्यसले गर्दा अर्को चोटिदेखि त्यो कार्यक्रम नै बन्द होला भन्ने डर हुन्छ । किनभने, राज्यले अनुगमन र नियमन गरेको जस्तो लाग्दैन । कृषि स्टार्टअपमा अध्ययन गर्ने ठाउँ नै छैन ।

यसपालिको बजेटमा कुनै न कुनै मोडेलमा अब कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खोल्नुपर्छ । तर, हाम्रो कृषि व्यापारमा विभिन्न किसिमले घुमाएर प्रोसेसिङ युनिट भनेर, अरू भनेर ल्याइरहेका छन् । विदेशी लगानीकर्ता आउँदा प्रविधि पनि लिएर आउँछ । प्रविधि ल्याउने कुरामा थोरै भए पनि सहजीकरण यसपालिको बजेटले गर्नुपर्छ ।

पछिल्लो समय ठूला घराना पनि कृषि उद्यममा संलग्न छन् । तर युवा विदेश गइरहेका छन् । देशमा भविष्य देख्न छाडिसके । त्यहीमाथि सबैले उपेक्षा गरेको क्षेत्रमै भविष्य खोज्न थप ठूलो आत्मबल चाहिन्छ । त्यही भएर कृषि अनुदान स्थानीय तहबाट पाइन्छ भने स्थानीयबाट मात्र र केन्द्रबाट पाउँछ भने केन्द्रबाट मात्र गरिदिनुपर्छ ।

कृषि अनुदान पाइँदैन भन्ने स्पष्ट भयो भने मान्छेले त्यही अनुसार योजना बनाउँछ । ७ प्रतिशत ब्याजमा ऋण पाइयो भनेर लियो, अनि बैंकले, राष्ट्र बैंकले दिएको छैन भनेर बैंकले फेरि शतप्रतिशत ब्याज लिनु अन्याय हो । काम गर्दै जाँदा बीचमा एउटा उद्यमीको लागि ६/७ प्रतिशत ब्याज भनेको ठूलो हो । यसको प्रभाव ठूलो हुन्छ ।

अर्को, कृषि उद्यममा निर्यात गर्नेलाई पछिल्लो चरणमा अनुदान रोकिएको छ । यो फेरि सुरु हुनुपर्छ । मुख्य कुरा सरकारले गरेका घोषणा पारदर्शी र प्रभावकारी हुनुपर्र्छ । मैले कृषिमा केही गरेँ भने कहीँबाट अनुदान आयो, के आयो, मिलायो, खायो भन्ने पर्छ । त्यसको लागि उद्यम गरेको भन्ने मान्छेमा परेको हुँदैन । त्यसको कारण हो– आजको दिनमा ९० प्रतिशत अनुदान गलत ठाउँमा गइरहेको छ ।

राज्यले अर्को गर्नुपर्ने मुख्य कुरा प्रभावकारी अनुगमन हो । उदाहरणका लागि मैले लोकल दाल बेचिरहेको छु भने अर्कोले मेरै आँखा अगाडि चाहिँ आयातित दाल बेचिरहेको छ लोकल भनेर । त्यसले त के भयो भने स्थानीय उद्यम चाहिँ मार्ने काम भइरहेको छ । तपाईंले साँच्चै अर्गानिक तरकारी फलाउनुभएको छ, अर्कोले यो पनि अर्गानिक भन्यो भने छुट्याउने संयन्त्र के छ ? राज्यले हेर्नुपर्‍यो । यसका लागि बजेट छुट्याउनुपर्छ । स्थानीय र आयातित भनेर छुट्याउने कुरामा बजेटले केही न केही व्यवस्था गर्र्नुपर्छ ।

आजको दिनमा कोदो नेपालमा दिगो हुँदै गएको छ । सुपरफुड भन्दै मान्छेले लगानी गर्न थालेका छन् । हामीले गोरखाका गाउँपालिकाहरूमा सम्झौता गरेर कोदो ल्यायौं एउटा भाउमा, तर काठमाडौंमा त्योभन्दा राम्रो गुणस्तरको सस्तोमा पाइन्छ । यस्ता समस्यालाई बजेटले सम्बोधन गर्नुपर्छ ।

कृषि उद्यममा कर छुट आवश्यक

कृषि उद्यममा लागेकालाई कर छुट दिनुपर्छ । त्यो आजको आवश्यकता हो । हामी विश्व बजारमा प्रतिस्पर्धा गर्नै नसक्ने भएका छौं । भारत र चीनसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । हामीलाई करमा सहुलियत नदिए टिक्न सक्दैनौं । प्रविधि र पूँजीको कुरामा खुकुलो नीति ल्याउनुपर्छ । किनभने, प्रविधि भित्र्याउन पूँजी चाहिन्छ । अनुदान पनि सँगसँगै दिनुपर्छ । अनुदान केही व्यक्तिले हिनामिना गरे, सीमित व्यक्तिले दुरुपयोग गरे भन्दैमा त्यसको मारमा अरू उद्यमी पर्नुभएन ।

कृषि उत्पादन लागत घटाउनुपर्छ

उत्पादनमा आधारित अनुदान व्यवस्था प्रभावकारी कार्यान्वयन हुुनुपर्छ । किनभने, हिजोका दिनमा अनुदान परियोजनालाई दिइयो तर उत्पादनलाई दिएन । परियोजना कागजमा बन्यो, तर त्यसको प्रभाव उत्पादनमा परेन । तर, त्यसको अर्थ राज्यले त्यो नीति नै बन्द गर्ने भन्ने होइन, जुनसुकै देशमा होस्, आजको दिनमा कृषि संस्था र कृषि क्षेत्र जोगाएको भनेको अनुदानबाटै हो । चाहे त्यो अमेरिका, भारत, कोरिया वा जापान होस् ।

पछिल्लो समय किसानलाई भनेर राज्यको ब्याज अनुदान ५०–६० अर्ब, १ खर्ब गइसकेको छ । तर, आयात बढिरहेको छ । यो भनेको कतै न कतै समस्या छ भन्ने हो ।

कस्तो बजेट ल्याउने त ?

किसान र कृषिका लागि बजेटमा किसानलाई सामाजिक सुरक्षा भत्ता ल्याउनुपर्छ । बरु, राज्यले एउटा जिल्लामा १० वटा छानोस्, त्यसको आफ्नै विधि बनाओस्, उत्पादन प्रक्रिया बनाओस् । कम्तीमा त्यो व्यावसायिक किसानलाई सामाजिक सुरक्षा भत्ताजस्तै दिनुपर्छ । जस्तो, आज मैले सय बिघामा काम गरिरहेको छु, केही गरी मलाई केही भयो भने म त भोलिदेखि नै सडकमा हुने अवस्था छ । कम्तीमा किसानलाई सम्मान गर्ने नीति चाहिन्छ ।

(लेखक सिलवाल कृषि सपिङ अनलाइन प्लेटफर्म मेरो किसानका सञ्चालक हुन् ।)

Read Full Article About

Other Articles

‘मेरो किसान’ को आईपीओ निष्कासन गर्न प्रभु क्यापिटलसँग सम्झौता

21 Apr, 2026

‘मेरो किसान’ को आईपीओ निष्कासन गर्न प्रभु क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोग गरी सेवा विस्तार गर्दै आएको मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्

Read More About ‘मेरो किसान’ को आईपीओ निष्कासन गर्न प्रभु क्यापिटलसँग सम्झौता
मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर

17 Aug, 2025

मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर

काठमाडौं । तरकारी तथा फलफूलको व्यापारमा संलग्न मेरो किसान लिमिटेडले ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण थालेको छ।

Read More About मेरो किसानको छलाङ : ४० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर
किसानको डिजिटल हाटबजार

14 May, 2025

किसानको डिजिटल हाटबजार

सिलवालले बिचौलियाको अवस्था अध्ययनको क्रममा थाहा पाए । बिचौलियाको पनि तह हुन्छ— किसानको बारीबाट किन्ने, ढुवानी गरेर स्थानीय तरकारी संकलन केन्द्रमा लैजाने

Read More About किसानको डिजिटल हाटबजार
'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'

14 May, 2025

'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'

अविनाशलाई किसान र तिनका उत्पादन बेच्ने व्यापारीबीच तालमेल नमिलेजस्तो लायो। उनी किसानलाई कसरी प्रत्यक्ष रूपमा बजारमा जोड्न सकिन्छ भनेर अनुसन्धान गर्न थाले।

Read More About 'तपाईं तरकारी र फलफूल उब्जाउनुहोस्, मेरो किसानले बेचिदिन्छ'
कोही किन किसान बन्ने ?

11 May, 2025

कोही किन किसान बन्ने ?

कोरोना कहर, बढ्दो लकडाउन तथा आन्तरिक एवम् वैदेशिक रोजगारबाट फर्केका युवाहरूको बेरोजगारी र उत्पन्न हुन सक्ने खाद्य संकटको कारण यति बेला

Read More About कोही किन किसान बन्ने ?
किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

11 May, 2025

किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’

०७६ सालमा कोभिड–१९ महामारी सुरु हुँदा गोरखाका अविनाश सिलवाल कृषि अर्थशास्त्रमा स्नातकोत्तर गर्दै थिए। काठमाडौंको गोल्डेन गेट कलेजमा पढ्दै

Read More About किसानको साथी, उपभोक्ताको रोजाइ ‘मेरो किसान’